back
CTIZAN AD

युक्रेनमा आणविक हतियार प्रयोग नगर्न भन्दै बाइडेनले दिएर रुसलाई चेतावनी

वि.सं.२०७९ असोज २ आइतवार

612 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् ।

युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका छन् । यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् ।

बाइडेनले भने, “दोस्रो विश्वयुद्धपछिको जस्तो युद्धको स्वरूप परिवर्तन गर्नुहुनेछ ।” यदि युद्धमा थप विवेक गुमाएमा उनी (रूसी) हरू विश्वमा अस्वीकृत हुनेछन् । युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ । पश्चिमी सहयोगीहरूले आपूर्ति गर्ने भारी हतियारहरूको कारण बढेको छ ।

रसियाको कब्जामा रहेको इज्युम शहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, “निकालिएका प्रायः सबै शवहरूमा यातनाको सङ्केत देखिएको छ ।” तर पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् ।
पुटिनले शुक्रबार भने, “यो योजना यही अवस्थामा रोकिनेस्थिति छैन ।” उनले भने, “डोनबासमा हाम्रो आक्रामक अभियान पनि रोकिएको छैन । तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ ।”(रासस\एएफपी)

वि.सं.२०७९ असोज २ आइतवार ०८:४२ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...