back
CTIZAN AD

लेबनानले मासिक १५ हजार सिरियालीलाई स्वदेश फर्काइने

वि.सं.२०७९ असोज २ आइतवार

603 

shares

बेरूत । लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ ।

लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइन पत्रिका जनाएको छ । घर फर्कन चाहने सिरियाली शरणार्थीलाई सिरियाली सरकारले पठाएको बसमार्फत ढुवानी गरिने एल्नाशराले बताएको छ ।

यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेड क्रसको सहकार्यमा गरिनेछ । उनीहरूलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिनेछ । एल्नाशराका अनुसार शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना छ । “यदि कुनै अवरोध उत्पन्न भएन भने लनिर्देशनालयले करिब एक वर्षभित्र दुई लाख सिरियालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ ।

जुलाई ४ मा लेबनानका शरणार्थी मामिला मन्त्री इसाम चाराफेद्दीनले लेबनान सरकारले मासिक रूपमा १५ हजार विस्थापित सिरियालीहरूलाई उनीहरूको मातृभूमिमा फर्काउने बताए । लेबनानी अधिकारीहरूले लेबनानले यस विषयमा अन्तर्राष्ट्रिय स्थितिको परवाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् । शरणार्थीहरूको उल्लेखनीय सङ्ख्याको उपस्थितिले देशको अर्थव्यवस्थामा ठूलो असर पारेको छ र यो समस्यालाई थप जटिल हुन नदिन विस्थापित सिरियालीलाई स्वदेश फिर्ता गर्नु बिलम्ब गर्न नहुने उनले बताए ।

जनसङ्ख्याको हिसाबले हेर्दा विश्वको सबैभन्दा धेरै शरणार्थीहरूलाई लेबनानको आश्रय दिएको छ । त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको सरकारको अनुमान छ । (रासस/सिन्हा

वि.सं.२०७९ असोज २ आइतवार ०८:३८ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...