back
CTIZAN AD

नामिवियाले चार्टड बिमानबाट पठायो भारतलाई उपहारमा आठ चितुवा

वि.सं.२०७९ असोज २ आइतवार

582 

shares

नयाँ दिल्ली । स्थानीय रूपमा लोप भएको करिब ७० वर्षपछि चितुवा (चिता) शनिबार भारत आइपुगेका छन् । नामिबियाको राजधानी विन्डहोकको उत्तरमा रहेको गेम पार्कबाट बोइङ ७४७ को चार्टर्ड विमानबाट ११ घण्टाको उडानमार्फत पाँच पोथी र तीन भाले चितुवालाई ल्याइएको हो ।

एशिया महादेशको इरानमा मात्र पाइने भनिएको यो चितुवाको प्रजातीलाई पुनः भारतीय भूमिमा परिचय गराउने महत्वाकांक्षी परियोजनालाई लिएर विशेषज्ञहरूबीच यसको सफलताको सम्भावनाबारे विभाजित मत देखिएको छ । अधिकारीहरूका अनुसार यो परियोजना विश्वको पहिलो अन्तर महादेशीय स्थानान्तरण हो । यो पृथ्वीको सबैभन्दा तीव्र गतिको वन्यजन्तु हो ।

नयाँ दिल्लीबाट ३२० किलोमिटर दक्षिणमा रहेको र प्रचुर मात्रामा सिकार र घाँसे मैदानका लागि प्रख्यात वन्यजन्तु आरक्ष, कुनो राष्ट्रिय निकुञ्जमा यिनीहरूलाई राखिनेछ । दुईदेखि साढे पाँच वर्ष उमेर समूहका प्रत्येक जनावरलाई उनीहरूको गतिविधि निगरानी गर्न ‘स्याटेलाइट कलर’ जडान गरिएको छ । उनीहरूलाई सुरुमा करिब एक महिना क्वारेन्टिनमा राखिनेछ र त्यसपछि निकुञ्जको खुला वन क्षेत्रमा छाडिनेछ ।

आलोचकहरूले यी जीवहरूलाई भारतीय वासस्थानसँग घुलमिल हुन संघर्ष गर्नु पर्र्नसक्ने चेतावनी दिएका छन् । (रासस÷एएफपी)

वि.सं.२०७९ असोज २ आइतवार ०८:३५ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...