back
CTIZAN AD

बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने

वि.सं.२०७९ असोज २ आइतवार

639 

shares

बेइजिङ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनपिङ्को विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन् । बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति सीलाई निमन्त्रणा गरेको थियो । उनको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ ।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गदैं छन् । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चाल्र्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बेलायतसहित धेरै देशका राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । औपचारिक रूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयहरुमा झण्डा आधा झुकाइएको छ ।

तर राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास रहेको छ । एउटा राजा वा रानीको निधन भए पनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो । अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट विहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ । (रासस÷सिन्ह्वा)

 

वि.सं.२०७९ असोज २ आइतवार ०८:३३ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...