back

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी, सुरक्षितस्थलमा जान आग्रह

वि.सं.२०७९ असोज २ आइतवार

132 

shares
RBB AD
NTC AD

टोकियो । जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ । आँधीबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ ।

‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ । दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो । यो आँधी आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

“भयानक प्रकृतिको आँधीबेहरी, उच्च छाल र व्यापक रेकर्ड वर्षाको जोखिम देखिएको छ”, जापानको मौसम विज्ञान निकायको पूर्वानुमान एकाइका प्रमुख र्युता कुरोराले सञ्चारकर्मीसँग भने । उनले थपे, “अधिकतम सावधानी आवश्यक छ । जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडो भन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ । यो निकै खतरनाक आँधी हो ।”

कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबारपछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ । जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ । सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो । कुरोराले पत्रकारसँग भने, “हावाहुरी यति भीषण हुनेछ कि केही घरहरु ढल्न सक्छन् । बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ ।”

जापानमा अहिले आँधीबेहरीको मौसम छ र एक वर्षमा लगभग २० आँधीबेहरीको सामना गर्नुपरिरहेको छ । आँधीका कारण भारी वर्षा हुने र पहिरो वा आकस्मिक बाढी आउने खतरा भएको बताएपछि प्रभावित क्षेत्रका मानिसहरू भयभित बनेका छन् । सन् २०१९ मा जापानमा रग्बी विश्वकप आयोजना गर्ने क्रममा ह्यागिबिस नामक आँधीका कारण १०० भन्दा बढीको ज्यान गएको थियो । एक वर्षअघि जेबी आँधीले ओसाकाको कान्साई विमानस्थल क्षेत्रमा असर पारेको थियो । यसमा करिब १४ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा पश्चिमी जापानमा वर्षेनी आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो ।

जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन् । (रासस÷एएफपी)

वि.सं.२०७९ असोज २ आइतवार ०८:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...