back
CTIZAN AD

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम निर्वाचित

वि.सं.२०७९ असोज २ आइतवार

867 

shares

काठमाडौँ । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठ, महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन् ।

सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ ।

यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र सङ्गठन विस्तारको काम गर्ने बताए । अहिले सङ्घका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन् ।

उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए । सङ्घमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ ।

 

वि.सं.२०७९ असोज २ आइतवार ०९:०० मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...