काठमाडौं । मुक्तिनाथ विकास बैंकले बचत खातामा बचत गर्दा १ करोड १ लाख सम्मको बीमा सुविधा ल्याएको छ । बैंकले मुक्तिनाथ आशिर्वाद खातामार्फत आफ्ना ग्राहकहरुका लागि यस्तो सुविधा ल्याएको हो ।
खातावालाहरुले रु १ करोड १ लाख सम्मको बीमा सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिंग, निःशुल्क डिम्याट खातालगायत १५ वटा बैंकिङ्ग सेवाहरुमासमेत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार आशिर्वाद बचत खाताको गोल्ड क्याटोगरीमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्ने ग्राहकहरुले आफना लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउने छ । साथै, उनीहरुले विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

त्यसैगरी, बचत खाताको प्लाटिनम क्याटोगरीमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने ग्राहकहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् । उनीहरुले पनि विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जनाएको छ । बीमा सुविधाको अवधि खातावाला र परिवारका सदस्यहरुका लागि ३ वर्षको हुने बैंकले जनाएको छ । यस खातामा बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने जनाएको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १३:५९ मा प्रकाशित





























