काठमाडौं । सरकारले उद्योगी चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदक दिने भएको छ । संविधान दिवसका अवसरमा उद्योगी ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदक दिइने भएको हो ।
गृह मन्त्रालयले पदक तथा विभूषण प्राप्त गर्नेहरुको सूचीमा सार्वजनिक गरेको छ । उद्योगी तथा व्यावसायिक क्षेत्रमा काम गरिरहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ठूलो योगदान पुर्याएको भन्दै उक्त पदक दिन लागिएको हो ।
वि.सं.२०७९ असोज ३ सोमवार १३:१८ मा प्रकाशित






























