टिका कुरुम्वाङ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले लुकेको टुकुचा खोला खोज्ने अभियान तिब्ररुपमा अगाडि बढाइका छन् ।
मेयर बालेनले टुकुचा खोज्ने अभियानमा पहिलोपटक हात्तिसारस्थित जयनेपाल हलको कम्पाउण्ड भत्काएर टुकुचा बाहिर निकालेका हुन् ।
सोहि अभियानलाई निरन्तरता दिँदै मेयर बालेनले आइतबार पनि हात्तिसारका स्थानीयका घरदेखि बैंक तथा वित्तीय संस्था रहेका घरका कम्पाउण्ड समेत भत्काएर टुकुचा खोज्ने क्रम जारी राखेका छन् ।

महानगरले सोमबार बिहान हात्तिसारमा रहेको सिद्र्धाथ बैंकको अन्डरग्राउण्ड पार्किङको वाल, सोहि ठाउमा रहेको नेपाल हाउस रेष्टुरेण्ट बार एण्ड बेकरीको एकतले संरचना पनि भत्काएको छ । उक्त संरचना मुनिबाट टुकुचा बगिरहेको भन्दै महानगरले ती संरचना भत्काएको हो । महानगरले आइतबार हात्तिसारमै रहेको लक्ष्मी बैंक लगायतका संरचना भत्काएर टुकुचाको स्वरुप बाहिर निकालेको थियो ।

महानगरले टुकुचा खोज्ने क्रममा धमाधम टुकुचा थिचिएका संरचना भत्काउन थालेपछि आइतबार उच्च अदालत पाटनले तीन घरका संरचना नभत्काउन स्टे अर्डर जारी गरेको थियो । ती संरचनामा भने महानगरले डोजर नचलाएको बताइएको छ ।

उच्च अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले आइतबार जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेका कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी प्रक्रिया नपु¥याई तथा क्षतिपूर्ति नदिइ नभत्काउन अन्तरिम आदेश दिएको थियो ।

बालेनको टुकुचा अभियानको प्रभाव : भवन उद्घाटन गर्न पाएनन् ईश्वर पोखरेलले
वि.सं.२०७९ असोज ३ सोमवार १६:४४ मा प्रकाशित






























