काठमाडौं । कुमारी बैंकले दशैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । जसको लागि बैंकको कार्डबाट असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म २०० रुपैयाँको ५ पटक भुक्तानी भएको हनुपर्छ । त्यस्तै, पहिलो पटक भिसा कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ३० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
त्यस्तै बैंकको कार्ड र क्युआरमार्फत कारोबार गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले र इलेक्ट्रिक स्कुटर पाउने बैंकले बताएको छ । कुमारी मोबाइल बैंकिङएपमार्फत एनटिसी, एनसेल र स्मार्टसेलका लागि पहिलो पटक टपअप गर्दा ३० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ । त्यस्तै, दशैं टिकाको साइतको समयमा दक्षिणा पोर्टल प्रयोग गर्ने पहिलो २० जना ग्राहकलाई १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने बैंकले बताएको छ ।
वि.सं.२०७९ असोज ४ मंगलवार ०८:५५ मा प्रकाशित




























