काठमाडौं । आज देशभर आंशिकदेखि सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाल बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मकवानपुर, रोल्पा, सल्यान र डोटी भइ बहने स–साना नदीको बहाव बढ्ने सम्भावना रहेको छ ।
वि.सं.२०७९ असोज ४ मंगलवार ०९:३४ मा प्रकाशित






























