back
CTIZAN AD

मंसिर ४ को निर्वाचन पर्यवेक्षणका लागि ३६ संघसंस्थाले अनुमति पाए

वि.सं.२०७९ असोज ४ मंगलवार

678 

shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिवेक्षणका लागि २६ संघसंस्थाले अनुमति पाएका छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचन पर्यवेक्षण गर्ने अनुमति पाउनेमा दुई अन्तराष्ट्रिय संस्था सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सन पनि रहेका छन् ।

त्यसैगरी अन्य संस्थामा निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माण मञ्च नेपाल, नेपाल युवा परिषद, राष्ट्रिय व्यवसायिक पहल, संकल्प–शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसीरिसोर्स सेन्टर नेपाल, वमेन एक्ट रहेका छन् ।

त्यसैगरी न्यू भिजन नेपाल, युथ वकालत नेपाल, सुशासन महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अंगालो जेष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, जेष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल, शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार संगठन, नेत्रहिन युवा संघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबीनिवारण तथा वातावरण संरक्षण नेपाललाई पनि निर्वाचन पर्यवेक्षण गर्ने अनुमति दिइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाल ¥यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, विश्वकीर्तिमानी समाज, महिला पुनर्स्थापना केन्द्र, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, सामूहिक अभियान, जनचेतना नेपाल, पूर्वन्यायाधीश फोरम नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, एक अर्थ नेपाल, बागेश्वरी असल शासन क्लब (बास), नेपाल जनप्रशासन संघ, आशा नेपाललाई पनि पर्यवेक्षण गर्ने अनुमति पाएका छन् ।

वि.सं.२०७९ असोज ४ मंगलवार ११:५७ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...