back
CTIZAN AD

नेपाल टेलिकमले आजदेखि सुन्धारासहित अन्य ७ स्थानबाट इ-सिम बिक्री गर्ने

वि.सं.२०७९ असोज ४ मंगलवार

696 

shares

काठमाडौं । नेपाल टेलिकमले आज असोज ४ गतेदेखि इम्बेडेड सिम (इ-सिम) सुन्धारासहित अन्य ७ स्थानबाट इ-सिम बिक्री वितरण गर्ने भएको छ । टेलिकमले नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयबाट पनि इ-सिम बिक्री गर्ने भएको हो ।

टेलिकमले यसअघि सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । टेलिकमले आफूसँग इ-सिम मौज्दात रहेको पनि जनाएको छ।

टेलिकमका अनुसार मोबाइल सेटमा इ-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ-सिम प्रयोग गर्न सकिन्छ ।

टेलिकमले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र इ-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान आग्रह गरेको छ । यसका लागि आफ्नो मोबाइलबाट ८३०६३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । साथै, टेलिकमले यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा इ-सिम चल्ने जनाएको छ ।

टेलिकमले आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिने जनाएको छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः इ-सिम चल्छ भन्ने कुरा थाहा हुने टेलिकमले जनाएको छ ।

टेलिकमले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क इ-सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको जनाएको छ । साथै, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकका लागि भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

वि.सं.२०७९ असोज ४ मंगलवार १२:२७ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...