back
CTIZAN AD

किसानलाई सघाउँदै कृषि सहकारी

वि.सं.२०७९ असोज ४ मंगलवार

750 

shares

सिन्धुपाल्चोक । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्किएका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन् ।

उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ । तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै किसानलाई व्यावसायिक बन्न भरपर्दो सहयोगी बनेको छ ।

मेलम्ची नगरपालिका–२ की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरिरहेका छन् । व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गरेका छन् ।

सहकारीमा अहिले दुई हजार नौ सय १३ साधारण शेयर सदस्य छन् । त्यसमा ज्येष्ठ नागरिक, खुत्रुके र बाल बचत गरेर नौ सय गरी ३८ सय ७३ शेयर सदस्य छन् । सहकारीमा कुल पुँजी २५ करोड रहेको सहकारीले जनाएको छ । सहकारीको आफ्नै भवन, चिस्यान केन्द्र रहेको छ । कृषि क्षेत्रमा उद्यमी बन्न चाहने किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साना किसानमार्फत सहयोग गरिरहेको छ ।

मेलम्ची नगरपालिका–१ मा रहेको सूर्यमुखी साना किसान कृषि सहकारीले मेलम्ची नगरपालिका–१ देखि ५ सम्म र वडा नं १२ लाई कार्यक्षेत्र बनाएर अहिले काम गरिरहेको छ । योसँगै अन्य पालिकामा पनि साना किसान कृषि सहकारीको अवधारणालाई विकास गर्दै गइरहेको छ । अन्य सहकारीलाई व्यवस्थापनमा पनि सहयोग गर्दे आएको छ । किसानलाई व्यावसायिक बन्न ऋण सहयोगदेखि स्थानीय तहसँग विकास साझेदार भएर काम गरिरहेको बताउछन् सहकारीका अध्यक्ष मित्रलाल चौलागाईं ।

सहकारीले पशु बीमा दूध सङ्कलनदेखि बजारीकरण र अनुदानसमेत दिने गरेको उनी बताउछन् । भेटेरीनरी सेवा, बीउ प्रशोधन केन्द्रलगायत पनि सहकारीको सेवामा रहेको छ ।

 

वि.सं.२०७९ असोज ४ मंगलवार १३:२२ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...