काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैंकलाई पुरस्कृत गरेको छ । कोषले सबैभन्दा बढी निक्षेप सुरक्षण गर्ने बैंकलाई पुरस्कृत गरेको हो ।
कोषका अनुसार गत आर्थिक वर्षमा बैंकले सबैभन्दा बढी निक्षेपतर्फ बढी प्रिमियम बुझाएको छ । समीक्षा अवधीमा बैंकले ७३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरी १२ करोड प्रिमियम बुझाएको छ ।
त्यसैगरी, सबैभन्दा बढी कर्जा सुरक्षण गरेको डिप्रोक्स लघुवित्तले १८ अर्ब सुरक्षण गरी ३ करोड ६४ लाख प्रिमियम बुझाएको कोषले जनाएको छ । कोषले आफ्नो ४९औं वार्षिकोत्सवको अवसरमा दई संस्थालाई सम्मान गरेको हो ।
वि.सं.२०७९ असोज ४ मंगलवार १३:२९ मा प्रकाशित





























