back
CTIZAN AD

कोरियामा कार्यस्थलमा दुर्घटनामा परि एक नेपालीको मृत्यु

वि.सं.२०७९ असोज ४ मंगलवार

888 

shares

कोरिया । कोरियामा कार्यरत एक नेपालीको कामगर्ने स्थलमा दुर्घटनामा परेर मृत्यु भएको छ ।

सामाजिक कार्यकर्ता समेत रहेका लमजुङ बेशीसहर नगरपालिका ६ बिम्दाका इन्द्र बहादुर गुरुङको शुक्रबार राति कार्यस्थलमा दुर्घटनामा परेर मृत्यु भएको लमजुङ परिवार दक्षिण कोरियाले जनाएको छ ।

लमजुङ परिवारका पूर्वउपाध्यक्ष तथा सल्लाहकार, तमुधिं कोरियाका आजीवन सदस्य समेत रहेका गुरुङको मृत्युले कोरियामा रहेका नेपालीहरु स्तब्ध भएको लमजुङ परिवार कोरियाले जनाएको छ ।

सिओलदेखि २०० किलोमिटर दूरीमा रहेको छुङनाम सिटीको छङयाङ गाउँमा रहेको एक बंगुर फार्ममा कार्यरत गुरुङसँगै अर्का कोरियन नागरिकको पनि मृत्यु भएको कोरियन समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

बंगुर फार्मको पाइप जाम भएपछि पाइप मर्मत गर्ने क्रममा कार्यस्थलमै उनीहरु मृत भेटिएको बताइएको छ । उनीहरुको मृत्यु विषाक्त ग्याँसका कारण भएको हुनसक्ने अनुमान गरिएपनि घटनाका बारेमा विस्तृत आउन बाँकी रहेको बताइएको छ ।

लामो समयदेखि कोरियामा कार्यरत गुरुङ उक्त फार्ममा ८ वर्षदेखि कामगर्दै आएको बताइएको छ ।

वि.सं.२०७९ असोज ४ मंगलवार १४:१५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...