back
CTIZAN AD

सेयर बजारमा ३८.८१ अंकले ओरालाे

वि.सं.२०७९ असोज ४ मंगलवार

759 

shares

काठमाडौं । सेयर बजारमा ३८ अंकले ओरालाे लागेकाे छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ। गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ। मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ।

कारोबार रकममा भने केही कमि देखिएकाे छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको सेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, २ वटाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन्।

बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ। यस्तै, कालिका पावरको सेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ।

फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ। लगानी उपसमूहका सेयरको आपूर्ती पनि अत्याधिक छ।

वि.सं.२०७९ असोज ४ मंगलवार १७:०६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...