back
CTIZAN AD

एनआईसी एशियाबाट रेमिट्यान्स झिक्नु्स् आकर्षक ‘दक्षिणा’ जित्नुस्

वि.सं.२०७९ असोज ८ शनिवार

729 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्ने ग्राहकका लागि नयाँ योजना ल्याएको छ ।

पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना बैंकले ल्याएको हो ।

यो योजना दसैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको बैंकले जनाएको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी ल्याइएको बैंकले जानकारी दिएको छ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनता बैंकको सेवाग्राही छन् ।

वि.सं.२०७९ असोज ८ शनिवार ०७:५० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...