काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपतिको बारेमा विभिन्न खालका अड्कलबाजी भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पक्राउ गरिएको वा घरमै नजरबन्द गरिएको दाबी गरिरहेका छन् ।
यति मात्र होइन, धेरैले उनलाई सेना प्रमुखको पदबाट हटाइएको पनि बताएका छन् । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रमण्यम स्वामीले पनि यस सम्बन्धमा ट्वीट गरेपछि सनसनी फैलिएको थियो । ह्यासट्याग सी जिनपिङको साथसाथै, चीन र यसको सेनासँग सम्बन्धित ह्यासट्यागहरू ट्वीटरमा चलिरहेको छ। यद्यपि यसबारे चिनियाँ सरकार वा चिनियाँ सरकारी मिडियाबाट कुनै प्रतिक्रिया आएको छैन।
सुब्रमण्यम स्वामीले ट्वीट गर्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहको छानबिन गर्नुपर्ने बताएका छन् । के सी जिनपिङ बेइजिङमा नजरबन्दमा छन् ?
हालै सि समरकन्दमा हुँदा चिनियाँ कम्युनिष्ट पार्टीका केही नेताहरूले उनलाई सेना प्रमुखको पदबाट हटाएको बताएका थिए । त्यसपछि उनलाई घरमै नजरबन्द राखिएको उल्लेख छ ।
जनरल ली क्वाइमिङद्धारा आफू नयाँ राष्ट्रपति भएको दाबी
स्वामी मात्र नभई धेरै चिनियाँ नागरिकहरूले ट्विटरमा चिनियाँ राष्ट्रपतिको कथित हिरासतमा ह्यासट्यागको साथ पोस्ट गरेका छन्। यति मात्र होइन, धेरै इन्टरनेट प्रयोगकर्ताहरूले पिपुल्स लिबरेशन आर्मीले सत्ता आफ्नो नियन्त्रणमा लिएको दाबी पनि गरेका छन् ।
बेइजिङमा सेनाको जुलुस
एक सामाजिक सञ्जाल प्रयोगकर्ता जेनिफर जेङले चीनबाट भिडियो पोस्ट गरेकी छिन्, जसमा धेरै सेनाका गाडीहरू बेइजिङको परिक्रमा गरिरहेको देख्न सकिन्छ। यी भिडियोहरूमा सेनाका गाडीहरूको ८० किलोमिटर लामो जुलुस निकालिएको दाबी गरिएको छ। जुलुस बेइजिङ नजिकै ह्वानलाई काउन्टीबाट सुरु भई हेबेई प्रान्तको झाङजियाकोउ शहरमा समापन भएको थियो।
जेनिफरले आफ्नो पोस्टमा लेखेकी छिन् कि यो अफवाह छ कि जिनपिनलाई सिसिपेका उच्च अधिकारीहरूले पीएलएको प्रमुखबाट हटाएपछि पक्राउ गरिएको हो।
#PLA military vehicles heading to #Beijing on Sep 22. Starting from Huanlai County near Beijing & ending in Zhangjiakou City, Hebei Province, entire procession as long as 80 KM. Meanwhile, rumor has it that #XiJinping was under arrest after #CCP seniors removed him as head of PLA pic.twitter.com/hODcknQMhE
— Jennifer Zeng 曾錚 (@jenniferatntd) September 23, 2022
जिनपिङले केन्द्रीय गार्ड ब्यूरोबाट नियन्त्रण गुमाए
यसै क्रममा न्यूज हाईल्याण्ड भिजनले आफ्नो एक रिपोर्टमा चकित पार्ने खुलासा गरेको छ । पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ र पूर्व चिनियाँ प्रधानमन्त्री वेन जिबाओले सोङ पिङद्वारा नियन्त्रित केन्द्रीय गार्ड ब्यूरोको पक्षमा रहेको उल्लेख छ । यी दुई नेताले सीजीबीको नियन्त्रण फिर्ता लिएपछि जियाङ जेङ र बेइजिङस्थित केन्द्रीय समितिका सदस्यहरूलाई फोनमार्फत जानकारी गराइएको थियो। यो थाहा पाएपछि, मूल स्थायी समितिका सदस्यहरूले तुरुन्तै सीको सैन्य अधिकार समाप्त गरे।
सोही समयमा, जब चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर १६ को साँझ यो कुरा थाहा पाए, उनी तुरुन्तै बेइजिङ फर्किए । यद्यपि, सी जिनपिङलाई विमानस्थलमा हिरासतमा राखिएको थियो र सम्भवतः हाल झोङनानहाइमा घरमै नजरबन्दमा छन्।
महत्त्वपूर्ण कुरा, सीजिबीको उद्देश्य पोलिटब्युरो स्थायी समितिका सदस्यहरू र अन्य नेताहरूलाई सुरक्षा प्रदान गर्नु हो। सी जिनपिङको सुरक्षाको जिम्मा पनि सीजिबीको नै हो।
जिनपिङको शासनकालमा धेरै व्यक्तिलाई सजाय
हालैका चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनमा हालै दुई पूर्वमन्त्री र केही सुरक्षा अधिकारीलाई जन्मकैद र मृत्युदण्डको सजाय सुनाइएको छ । चिनियाँ मिडियाका अनुसार त्यहाँ सजाय सुनाइएकाहरू चिनियाँ राष्ट्रपतिको विपक्षी गुटका थिए।
सन् २०१२ मा सत्ताको नेतृत्वमा आएपछि राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका थिए । दर्जनौं शीर्ष सैन्य अधिकारीहरूसहित १० लाखभन्दा बढी अधिकारीहरूलाई उक्त अभियानको क्रममा दण्डित गरिएको छ । जसले राष्ट्रपति सीप्रति निकै ठूलो वितृष्णा र असन्तुष्टीसमेत सिर्जना गराएको छ । एजेन्सीको सहयोगमा
वि.सं.२०७९ असोज ९ आइतवार १४:०६ मा प्रकाशित






























