back
CTIZAN AD

कतार एयरवेजले पायो सातौं पटक ‘एयरलाइन अफ द इयर अवार्ड’

वि.सं.२०७९ असोज १० सोमवार

846 

shares

दोहा, कतार । कतार एयरवेजले सातौं पटक एयरलाइन अफ द इयर अवार्ड जितेको छ । एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ ।

सन् २०२२ मा एयरलाइन्सले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयरको उपाधि दिएको हो । लण्डनमा आयोजित एक भव्य समारोहमा उपाधी दिइएको हो ।

कतार एयरवेजले विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ । कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयरको उपाधि जितेको छ ।

कतार एयरवेजको घरेलु विमानस्थल र हब हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो । जसले लगातार दोस्रो वर्षको लागि पुरस्कार प्राप्त गरेको थियो ।

 

वि.सं.२०७९ असोज १० सोमवार ०८:३६ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...