back
CTIZAN AD

वातावारण मैत्री बन्दै दराज, डेलिभरीका लागि विद्युतीय बाइक प्रयोग गर्ने

वि.सं.२०७९ असोज १० सोमवार

684 

shares

काठमाडौं । दराज अनलाइनले अब डेलिभरीको लागि विद्युतीय बाइकको प्रयोग गर्ने भएको छ । कम्पनीले काठमाडौं उपत्यकामा डेलिभरी गर्न ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ ।

विशेषगरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेललगायतका केही क्षेत्रका ग्राहकलाई सामान पु¥याउन विद्युतीय बाइकको प्रयोग गरिने उल्लेख छ ।

यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने “क्लिन एण्ड ग्रिन” बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ । साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ ।

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, “यो दराजमा दिगो तथा वातावरण मैत्री सञ्चालनतिरको थप एक कदम हो । हाम्रा डेलिभरी सवारी साधनहरूमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन् ।”

उनले अगाडि थपेकी छिन्, “हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरू कार्यान्वयन गर्न सधैं अग्रसर रहनेछौँ ।”

सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक कुँवरले कम्पनीका गोपी कृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी थिइन् ।

वि.सं.२०७९ असोज १० सोमवार ०८:४१ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...