काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६२४ नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका ५३ जनासँगै नेपालमा हालसम्म सक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ६१४ पुगेको छ ।
त्यसैगरी आज थप ८४ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म ९ लाख ८६ हजार ४१९ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी हाल नेपालमा ११७८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ११३० जना होम आइसोलेशनमा रहेका छन् भने ४९ जना संस्थागत आइसोलेशनमा र आइसीयुमा १० जनाको उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।
वि.सं.२०७९ असोज १० सोमवार १६:४९ मा प्रकाशित






























