काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दसैँको अवसरमा अफर ल्याएको छ । जसअनुसार गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने छ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ । साथै, निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असोज १० सोमवार १७:१५ मा प्रकाशित





























