back

हिमपहिरोमा पुरिएका चारको उद्धार, दुईलाई उपचारका लागि काठमाडौँ पठाइयो

वि.सं.२०७९ असोज १० सोमवार

120 

shares
NTC AD
Global IME AD

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडाँै पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए । घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्र्फत सामागाँउ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए । ढिलो गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ ।

उनीहरुको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘थप दुईको पनि तेस्रो आधार शिविरबाट उद्धार भएको छ, प्रनाउ लामिछानेले भने, “अहिले पहिलो आधार शिविरमा ल्याएको भए पनि मौसम खराबीका कारण सामागाउँसम्म पनि ल्याउन सक्ने अवस्था छैन, आज अब पहिलो आधार शिविरमै रहन्छ ।”

अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको प्रनाउ लामिछानेले जानकारी दिए ।

मनास्लु हिमालको तेस्रो आधार शिविरमा आज बिहान हिमपहिरो गएको हो । गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका तीन सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् ।

मनास्लु आधार शिविरमा हिमपहिरोमा परी १२ घाइते, एक विदेशी वेपत्ता

वि.सं.२०७९ असोज १० सोमवार २०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...