back
CTIZAN AD

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

वि.सं.२०७९ असोज १० सोमवार

657 

shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार नेपाल प्रहरीको आग्रहमा इन्टपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस जारी भइसकेको अवस्थामा इन्टरपोलमा आवद्ध देशका प्रहरीले सन्दीपलाई फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्ने र अभियुक्तको अवस्था र मुद्दाको अवस्था हेरेर नेपाल पठाउने वा नेपाल प्रहरी त्यहाँ पुगेर लिएर आउने गर्छन् ।

क्रिकेटर लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोपमा गत भदौ २१ गते गौशाला प्रहरीमा जाहेरी परेको छ । लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो ।

नेपालमा लामिछानेविरुद्ध बलात्कारको मुद्दा दायर भइरहेको बेला उनी अफ्रिकामा नेपालका तर्फबाट खेलिरहेका थिए । त्यहाँको खेल सकिएपछि क्यारेबियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगेका उनकोे सम्झौता रद्ध भएको थियो ।

लामिछानेले आइतबार मात्र एक स्टाटस लेखेर झुट्टा जाहेरीकै भरमा आफुलाई अपराधीको रुपमा चित्रण गरिएका कारण आफु मानसिक र शाररीक रुपमा प्रभावित भएको र डाक्टरको सल्लाहमा आइसोलेशनमा रहेको बताएका थिए ।

उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आउँदै गरेको र जति सक्दो चाँडो नेपाल फर्किएर आफ्ना विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको लेखेका थिए ।

बेपत्ता भनिएका क्रिकेटर सन्दीपले आइसोलेशनमा छु भन्दै यस्तो लेखे

वि.सं.२०७९ असोज १० सोमवार २०:४० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...