back
CTIZAN AD

इसेवामार्फत फोनपे क्यूआर गर्दा सय रुपैयाँसम्म छुट पाइने

वि.सं.२०७९ असोज ११ मंगलवार

648 

shares

काठमाडौं । इसेवामार्फत फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्नेबारे सम्झौता भएको छ ।

सम्झौता पत्रमा फोनपेका तर्फबाट चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन् । यो योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने फोनपेले जनाएको छ । नेपालीहरुको महान चाड दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको बताइएको छ ।

यसैबीच फोनपेले दसैंलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔं, नगद छाडौं, फोनपे गरौं’ योजना पनि सुरु गरेको छ । योजना अन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सक्छन् ।

यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसङको फोन जित्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्ने अफर कम्पनीले सार्वजनिक गरेको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०८:५४ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...