back
CTIZAN AD

लयमा छैन दलहरुभित्रको चुनावी तयारी

वि.सं.२०७९ असोज ११ मंगलवार

735 

shares

काठमाडौं । निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । जसअनुसार दलहरुले असोज २२ गतेसम्म टिकटको विषय टुंग्याउनुपर्नेछ । तर, चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता साझेदार दलहरुले बाँडफाँटको विषय भने टुंग्याउन सकेका छैनन् ।

सत्ता साझेदार दलहरुबीच बाँडफाँटको विषयमा नियमित बैठक भएपनि निष्कर्ष भने निस्कन सकेको छैन । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कसको भागमा कति पर्ने टुंगीएको छैन । सीट बाँडफाँटबारे दलहरुको अडान चुनावी तालमेल गर्ने सहमति गर्दाको अवस्थाभन्दा फेरिएको छैन ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक्लै लड्ने बताएको भएपनि पछिल्लो समय केही साना दलहरुसँग गठबन्धनको प्रयास गरेको छ । एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको प्रयास गरेको छ । एमालेले सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि छलफल गरिरहेको छ । एमालेले दलहरुसँग तालमेलका लागि वार्ता समिति नै बनाएर छलफल सुरु गरेको छ ।

सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएपनि सीट बाँडफाँट टुंगीएको छैन भने साना दलहरुसँग तालमेलको प्रयासमा रहेको एमालेले पनि छलफललाई भर्खरै सुरु गरेको छ । तर, निर्वाचन आयोगले दिएको समय भने निकै नजिक छ । आयोगले २३ गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । जसकारण सबैजसो दललाई टिकट टुंग्याउने विषय सकस देखिन्छ ।

आयोगले २३ गते दर्ता भएको उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने बताएको छ । आयोगले लगत्तै मतपत्र छाप्ने काम गर्नेछ ।

आयोगले असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि ताकेको छ । तालिकाअनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ ।

मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।

तर, आयोगले समय तालिका बनाउँदै गर्दा दलहरु भने निकै सकसमा देखिन्छन् । उम्मेदवारी दर्ताको मुखमा पनि दलहरुले एकातिर उम्मेदवार टुंग्याएका छैनन् भने अर्कोतिर उम्मेदवार नटुंग्याएको कारण उम्मेदवारलाई प्रचार–प्रसार गर्न सकस हुनेछ ।

समानुपातिकको सूची टुंग्याउन ताकेता

निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइ सक्न मुख्य दलहरूलाई ताकेका गरेको छ । १६ गतेसम्म सच्याउनका लागि प्रयासरत दलहरूलाई आयोगको १४ गतेभित्रै टुंग्याउन ताकेता गरेको हो ।

आयोगले ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइ सक्न भनेको छ । ६ वटा दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् । यही बाहेकका अन्य दलहरूलाई भने असोज १६ गतेसम्मै समय दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरूका अनुसार ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको हो ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए । बन्द सूची बुझाएको भएपनि दलहरुले आन्तरिकरूपमा अन्तिम नामावली टुंग्याएका छैनन् ।

वि.सं.२०७९ असोज ११ मंगलवार १२:५९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...