काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको संचालक समितिको असोज ९ गते बसेको बैठकले गत वर्षको मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।
वि.सं.२०७९ असोज ११ मंगलवार १२:२८ मा प्रकाशित




























