back
CTIZAN AD

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०७९ असोज ११ मंगलवार

921 

shares

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकाले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ । यसरी बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

यसअघि कम्पनीले ६ साउनदेखि आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ११:५३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...