काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउँदा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेका आरोप लगाउदै सो समूहले दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्ना दिएको हो ।
समानुपातिक सूचीमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा असन्तुष्टि जनाउँदै उनीहरुले सभापति देउवा समक्ष असोज १४ गतेभित्र समानुपातिक सूची सच्याउन माग गर्दै धर्ना दिएका हुन् ।
वि.सं.२०७९ असोज १२ बुधवार १३:५५ मा प्रकाशित






























