काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८११ नमुना परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका ३८ जनासँगै नेपालमा हालसम्म सक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ६८७ पुगेको छ ।
त्यसैगरी आज थप ५२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म ९ लाख ८६ हजार ५४७ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी हाल नेपालमा ११२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ११७० जना होम आइसोलेशनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेशनमा र आइसीयुमा १२ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी आज १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।
वि.सं.२०७९ असोज १२ बुधवार १६:५५ मा प्रकाशित






























