back
CTIZAN AD

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

वि.सं.२०७९ असोज २३ आइतवार

807 

shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् ।

मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए ।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।

वि.सं.२०७९ असोज २३ आइतवार १२:२३ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...