काठमाडौं । सिन्धुलीबाट निरन्तर चुनाव जित्दै आएका माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले यसपटकको चुनाव भने लड्न नपाउने भएका छन् । माओवादी केन्द्रले उनको निर्वाचन क्षेत्र सिन्धुली–२ मा जिल्ला इन्चार्जसमेत रहेका नेता राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ ।
उम्मेदवारीका लागि आन्तरिक कमिटीमा गजुरेल र दाहालबीच प्रतिस्पर्धा भएको थियो । तर, सिन्धुलीका ९ वटै पालिकाको बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
दाहाल यसअघि प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
सिन्धुलीबाट दाहाल प्रतिनिधिसभा उम्मेदवार बनेसँगै गजुरेलको नाम भने पार्टी कमिटीले समानुपातिकको लागि सिफारिस गरेको छ । गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए ।
वि.सं.२०७९ असोज २३ आइतवार १२:३९ मा प्रकाशित






























