back
CTIZAN AD

नेपालमा उत्पादित अग्र्यानिक कफी जापान, कोरिया र जर्मनीका बजारमा पुग्यो

वि.सं.२०७९ असोज २५ मंगलवार

648 

shares

चौतारा । सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका छन् ।

पन्ध्र वर्षदेखि जिल्लाका केही भागमा सुरु गरिएको कफीखेती अहिले ३२ गाउँमा विस्तार भइसकेको छ । जिल्लाका विकट गाउँमा उत्पादित अग्र्यानिक कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग पाएपछि व्यवसाय लागतअनुसार मूल्य पाउन सकिएको किसान सुदर्शन बोलखे बताए ।

गत वर्ष १८ मेट्रिक टन पाचमेन्ट र पाँच मेट्रिक टन चेरीकफी जापान, कोरिया र जर्मनी निर्यात भएको जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । प्राङ्गारिक प्रमाणीकरण गरी पठाइएको कफी विदेशी बजारमा गुणस्तरीय ठहरिएपछि माग बढेको हो ।

अन्तर्राष्ट्रिय बजार र नेपालका ठूला सहरमा निर्यात हुन थालेपछि किसानले ६४ कफी उत्पादन समूह गठन गरिसकेको सङ्घका व्यवस्थापक मन्दु थापाले बताए । उनका अनुसार उत्पादित कफी जिल्ला कफी सहकारी सङ्घले संयोजन गरी विदेश निर्यात गर्दै आएको छ । किसानले वार्षिक रु एक करोडभन्दा बढी जिल्ला भित्र्याउँदै आएका छन् । कफीखेतीमा जिल्लाभरका दुई हजार एक सय ५० किसान आबद्व छन् । उत्पादित कफीको माग बढ्न थालेपछि उत्पादनस्थलमै प्रशोधन गर्न प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

विगत लामो समयदेखि कफीखेती गर्दै आउनुभएका मेलम्ची नगरपालिका– १० शिखरपुरका शङ्कर खनाल कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम भएका हुन् । गाउँभरि कोदो र मकै रोप्ने बारीमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि खनालका छिमेकी अचम्मित भएका थिए । पछि कफी उत्पादन गरी बिक्री गर्न थालेपछि भने छिमेकीमा पनि कफी लगाउने रहर जाग्न थाल्यो । फलतः खनालका छिमेकीहरू पनि कफीखेती गर्न अग्रसर हुन थाले । गाउँलेले पनि कफी रोप्न मन लागेको बताएपछि आफूले नै बिरूवा उत्पादन गरेर उनले बताए ।

कफीखेतीमा प्रशस्त जानकारी हासिल गरिसकेका उनले सुरुमा काम गर्न कठिन भए पनि बिरूवाले उत्पादन दिन थालेपछि खुसी लागेर काम गर्न हौसला मिल्ने बताए । कफीका बिरूवामा रोग लाग्दासमेत सावधानीपूर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने खनालको अनुभव छ । “सकेसम्म रासायनिक विषादीभन्दा तितो, टर्राे, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मूल गर्नुपर्छ ।” उनले भने ।

अहिले शिखरपुरका खनाल र उनका छिमेकीमात्र होइन, हेलम्बु गाउँपालिकाको महाँकालका रेतनाथ लामिछानेले पनि आफ्ना बाँझा पाखामा कफीका बोटले हरिया बनाएका छन् । मुस्किलले कोदो फल्ने ती पाखामा कफी राम्रै उत्पादन हुने लामिछानेले बताए । बोटबाट टिपेर केजीको रु चार सयदेखि पाँच सय ५० सम्म कफी उद्योगमा पु¥याएर कफी बिक्री गर्दा पनि सामान्य बालीमा भन्दा फाइदा हुने उनको अनुभव छ ।रासस

 

वि.सं.२०७९ असोज २५ मंगलवार ०८:०९ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...