काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। जसपाले सत्तागठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको छ । एमालेसँग चुनावी तालमेलमा रहेपछि प्रधानमन्त्री देउवा जसपाका मन्त्रीहरुलाई हटाउने तयारी गरेका हुन् ।
जसपाका मन्त्रीबारे निर्णय लिन प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि गठबन्धनको बैठक बोलाएका छन् । बैठकमा जसपाका मन्त्रीबारे निर्णय हुने बालुवाटार स्रोतले बताएको छ ।
साथै, बागी उम्मेदवारको विषयमा पनि बैठकले निर्णय लिनेछ ।
जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।
वि.सं.२०७९ असोज २५ मंगलवार १३:३६ मा प्रकाशित






























