काठमाडौं । निर्वाचन आयोगले आगामी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगले निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुको नामावली सार्वजनिक गरेको हो ।
आयोगद्धारा जारी सार्वजनिक सूचना अनुसार प्रतिनिधि सभातर्फ कुल २,५२६ उम्मेदवार रहेका छन् । तीमध्ये २३५ जना महिला र २,२९१ पुरुष रहेका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ कुल ३,४७६ उम्मेदवार रहेकामा २९७ जना महिला उम्मेदवार तथा १ जना अन्य उम्मेदवार रहेका छन् ।
वि.सं.२०७९ असोज २६ बुधवार ०८:२२ मा प्रकाशित






























