back
CTIZAN AD

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र : को–कोबीच हुँदैछ प्रतिस्पर्धा ?

वि.सं.२०७९ असोज २६ बुधवार

843 

shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । थोरै मतले मात्र सिंह विजयी बनेका थिए । काठमाडौं क्षेत्र नं.१ मा विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ ।

काठमाडौं क्षेत्र नं.२ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्री प्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ४ मा विभिन्न दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ५ मा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा रहेका छन् ।

काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ६ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपका एमालेले सवेन्द्र खनाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ७ मा विभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्याम कुमार घिमिरे, सत्तारुढ गठबन्दनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव विक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् ।

काठमाडौं क्षेत्र नं. ८ मा विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवन राम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेक बहादुर पोखरेललाई उठाएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट हिमेस केसी, नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार केसी, नेकपा (माओवादी केन्द्र)को तर्फबाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बलराम थापा, विवेकशील साझा पार्टीको तर्फबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रदिप विष्ट रहेका छन् ।

वि.सं.२०७९ असोज २६ बुधवार १३:०१ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...