back
CTIZAN AD

धनुषामा प्रतिनिधिसभामा छ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

वि.सं.२०७९ असोज २६ बुधवार

870 

shares

जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमाले–जसपा गठबन्धनबाट एमाले नेत्री महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराउका क्षेत्र नं ३ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उक्त क्षेत्रमा ज्योतिकुमारी साह, पूजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
त्यस्तै धनुषामा रहेको आठ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० जना मात्र रहेका छन् ।

प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (क) र क्षेत्र नं १ (ख) मा १४÷१४ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार सङ्ख्या शून्य छ । प्रदेशसभा धनुषा क्षेत्र नं २ (क) मा १४ जना र क्षेत्र नं २ (ख) मा १७ जना उम्मेदवारी दर्ता गराउँदा सबै पुरुष उम्मेदवार नै छ । धनुषाको क्षेत्र नं ३ (क) मा पुनमदेवीदास तत्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पाँच जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । किरणदेवी साह, पवनदेवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीता कुमारीले सो क्षेत्रमा प्रदेशसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं ४ (क) मा १९ जनाले उम्मेदारी दिँदा तीन जना महिलाले उम्मेदवारी दिएका छन् । त्यहाँ नेपाल लोकतान्त्रिक पार्टीबाट आशादेवी साह, जनमत पार्टीबाट मिथलेशदेवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीराकुमारी यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ४ (ख) मा १३ जनाले उम्मेदवारी दर्ता गराउँदा जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन् । गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीन जना र प्रदेशसभाका लागि ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

संविधान, ऐन र कानुनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरिए पनि महिलालाई उम्मेदवार बनाउन राजनीति दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानुन व्यवसायी पार्वती चौधरीले बताईन् ।

आगामी निर्वाचनका लागि धनुषामा एक लाख ९३ हजार एक सय चार महिला र दुई लाख १६ हजार आठ सय ७५ पुरुष तथा अन्य ६ जना गरी कूल चार लाख नौ हजार नौ सय ८५ मतदाता कायम रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

 

वि.सं.२०७९ असोज २६ बुधवार १५:४८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...