back
CTIZAN AD

युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गराउने कार्यको राष्ट्रसंघले गर्‍यो निन्दा

वि.सं.२०७९ असोज २७ बिहीवार

909 

shares

काठमाडाैं । राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत साता क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाम्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गरेका थिए । सम्झौतामा चार क्षेत्रका मस्कोले स्थापित गरेका नेताहरूसँग हस्ताक्षर गरिएको थियो । त्यसअघि रुसले ती क्षेत्रमा स्व–घोषित जनमत संग्रह गरेको थियो । कथित जनमत संग्रहको पश्चिमा देशहरूले निन्दा गरेका थिए ।

प्रस्तावले अन्तर्राष्ट्रिय समुदायलाई रुसको विलयको कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरेको छ । यसले वार्ताको माध्यमबाट द्वन्द्वलाई कम गर्ने प्रयासको स्वागतसमेत गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गरेका छन् । एजेन्सीबाट

वि.सं.२०७९ असोज २७ बिहीवार १२:१२ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...