back
CTIZAN AD

यस्तो छ खोटाङको चुनावी रौनक

वि.सं.२०७३ चैत १७ बिहीवार

843 

shares

१७ चैत, खोटाङ । स्थानीय रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी रौनक बढेर गएको छ । सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो ।

हाटबजारदेखि चिया पसलसम्म अहिले उम्मेदवार को होला र कुन पार्टीले जित्छ भनेर चर्चा हुन थालेको छ । यसैबीच, राजनीतिक दलले भने सम्भावित उम्मेदवार छनोट कार्यलाई पनि अगाडि बढाउन थालेका छन् ।
अन्य जिल्लाका कतिपय ठाउँमा उम्मेदवार छनोट भइसके पनि दिक्तेलमा छनोट भइनसकेकाले अहिले उम्मेदवारको चर्चा चुलिएर गएको हो । कुनै पनि पार्टीले उम्मेदवार छनोट गरिनसकेकाले सबै पार्टीभित्र आकांक्षीको चर्चा ह्वात्तै बढेको छ ।

सरकारको नेतृत्व समेत गरिरहेको नेकपा ९माओवादी केन्द्र०ले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाइसके पनि दिक्तेलका लागि उम्मेदवारको टुङ्गो लगाएको छैन । माओवादीबाट दर्जन भन्दा बढी आकांक्षी देखा परेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धु्रव राईलगायत आकांक्षी देखिएका छन् । यीमध्ये दुर्गाजयन्ती, ध्रुव र जयप्रसादमध्ये एकको सम्भावना बढिरहेको बताइन्छ ।

यता, व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र पनि उत्तिकै आकांक्षी देखिएका छन् । मेयरमा काँग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तीर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको चर्चा छ ।

संसद्को दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवविक्रम राई, उदय कार्की, वीरबलकाजी राई, उपिनकुमार राई, भागवत घिमिरे, वीरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको नाम चर्चामा छ ।

राप्रपाभित्र पनि रुपाकोट मझुवागढीमा स्वयम् जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निशान राई, मोतीचन्द्र राई, सीताराम राई, रामचन्द्र भट्टराई, विजयकला राई लगायतको चर्चा हुने गरेको छ । यता, सङ्घीय समाजवादी फोरमभित्र नवीन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैनबहादुर कट्वालको चर्चा छ ।

खम्बूवान राष्ट्रिय मोर्चाभित्र रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राईको चर्चा छ । रुपाकोट मझुवागढीमा मुख्य रुपमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
अहिलेसम्म कसैले पनि उम्मेदवारको घोषणा नगरेकाले एउटा पार्टीले अर्को पार्टीमा कस्तो उम्मेदवार उठाउँदैछ भनेर अध्ययन गर्ने काम गरिरहेको पाइएको छ । उम्मेदवार छनोटकै विषयमा दलहरुभित्र आन्तरिक विवाद समेत चुलिदै गएको देखिन्छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार ११:५४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...