back
CTIZAN AD

को–को छन त भद्रपुर नगरपालिकाबाट मेयरका आकांक्षी ?

वि.सं.२०७३ चैत १७ बिहीवार

1.1K 

shares

१७ चैत, भद्रपुर । स्थानीय तहको निर्वाचनको चर्चासँगै गाउँपालिका र नगरपालिकाका उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा जनमत बनाउन सक्रिय हुन थालेका छन् ।

नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि जिल्लामा रहेको निर्वाचन कार्यालयले पनि आफ्ना गतिविधिलाई तीव्र पारेको छ । कुन गाउँपालिका वा नगरपालिकामा कति मतदाता छन् भन्ने यकिन विवरण भने स्पष्ट भई नसकेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताउनुभयो ।

उहाँका अनुसार एक÷दुई दिनमै सबै गाउँपालिका र नगरपालिकाका मतदाताको नामावली स्पष्ट हुनेछ । झापाको सदरमुकाम रहेको नेपालकै पुरानो भद्रपुर नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत पदमा हुने निर्वाचनमा चार पक्षीय भिडन्त हुने देखिएको छ । यस अघि भद्रपुर नगरको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले राख्दै आएको वर्चश्वलाई परिवर्तित संरचनाका कारण नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक सबलताले चुनौती थपिदिने विश्लेषण गरिएको छ ।

भद्रपुर नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट गणेश पोखरेल, मोहन महर्जन, चण्डी पराजुली र राजेन्द्र घिमिरे आकांक्षीका रुपमा देखा परको वरिष्ठ पत्रकार चिन्तामणि दाहालले बताउनुभयो । उपमेयर पदका लागि गोमा भट्टराई, लता कार्की, शर्मिला अधिकारी र भूमादेवी घिमिरे देखिनुभएको छ । पोखरेल क्षेत्रीय सभापति र नगर संयन्त्र प्रतिनिधिको जिम्मेवारीमा छन् भने महर्जन नगर सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै पराजुली पुराना काँग्रेस कार्यकर्ता तथा उद्योगी हुन् ।

यसैगरी, माओवादी केन्द्रबाट मेयर पदका दावेदारहरुमा नरेश सञ्जेल, नरपति सुब्वा, शिवराज भण्डारी र राधाकृष्ण घोष देखापरेका छन् । उपमेयरमा सीता न्यौपाने, सोनाका सिंहको चर्चा छ । सञ्जेल निर्वतमान क्षेत्रीय संयोजक र भद्रपुर नगर संयन्त्रको प्रतिनिधि हुन् भने सुब्वा लिम्बुवान् मोर्चाका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा रहेका नेता हुन् ।

यस्तै, एमालेबाट मेयर पदका दावेदारहरुमा जीवन कुमार श्रेष्ठ, यामबहादुर श्रेष्ठ र चन्द्र श्रेष्ठ असारु राजवंशी र उपमेयर पदका दावेदारमा मीना पराजुली, मित्रा भट्टराई, कमला थुलुङ देखिएका छन् । जीवन श्रेष्ठ पूर्व उपप्रमुखका रुपमा भद्रपुर नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर पदका लागि झापा कै चर्चित व्यापारी पर्शुराम अग्रवाललाई अघिसार्ने तय भएको बताइन्छ । पछिल्लो समयमा नवराज पनेरु मेयर पदका उम्मेदवार बन्ने चर्चा पनि छ । अग्रवालको उम्मेदवारी रोकिएमा काँग्रेसका आकांक्षी राजेन्द्र घिमिरेले पार्टीले टिकट नदिए पनि स्वतन्त्र रुपमा मेयर पदमा लड्ने चर्चाले यहाँ व्यापकता पाएको छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार १०:१९ मा प्रकाशित

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...