back
CTIZAN AD

अध्यक्ष थापासँग असन्तुष्ट रहेका राप्रपा नेपालका नेताहरु प्रचण्ड भेट्न खुमलटारमा

वि.सं.२०७९ कात्तिक १ मंगलवार

903 

shares

काठमाडौं । पार्टीका अध्यक्ष कमल थापासँग असन्तुष्ट रहेका राप्रपा नेपालका केन्द्रीय पदाधिकारीहरु माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीका अध्यक्ष थापाले मकवानपुर १ बाट एमालेको चुनाव चिन्ह लिएर निर्वाचन् लड्न लागेपछि असन्तुष्ट भएका राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

उनीहरु र प्रचण्डबीच झण्डै एकघण्टा छलफल भएको थियो । छलफलमा उनीहरुले अहिले माओवादी केन्द्रमा प्रवेश गर्ने नभएर गठबन्धनका उम्मेदवारलाई सघाउने विषयमा प्रतिबद्धता गरेको छलफलमा सहभागी एक नेताले बताए । पार्टीका अध्यक्ष थापाले आफु अन्य दलको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तर अन्य नेतालाई पार्टीकै चुनाव चिन्हमा लड्न गरेको आग्रहप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

भेटमा प्रचण्डले पार्टी–पार्टी बीचको विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियताको विषयमा आफुहरुबीच कुरा मिल्ने बताउँदै विगतमा पनि राजा विरेन्द्रसँग कुरा गर्न धिरेन्द्रमार्फत् गएको बताएका थिए ।

अध्यक्ष थापाले मकवानपुरको क्षेत्र नं १ बाट एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन लड्न उम्मेदवारी दर्ता गराएका छन् ।
गतवर्ष मंसिरमा सम्पन्न राप्रपाको एकताको महाधिबेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । राप्रपा नेपालको चुनाव चिन्ह तिर रहेको छ ।

वि.सं.२०७९ कात्तिक १ मंगलवार १२:२४ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...