काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७८३ नमुना परीक्षणमा ४८ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका ४८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख २७५ पुगेको छ ।
त्यसैगरी आज थप ५० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ९ लाख ८७ हजार ५२९ पुगेको छ ।
त्यस्तै नेपालमा हाल ७२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०७९ कात्तिक २ बुधवार १६:४२ मा प्रकाशित






























