back
CTIZAN AD

नवलपरासी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो (नामसहित)

वि.सं.२०७९ कात्तिक १३ आइतवार

657 

shares

काठमाडौं । गोरखाको मनकामना दर्शनका लागि पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार-२, मथारमा भएको दुर्घटनामा ३० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटनामा भएको थियाे । दुर्घटनामा रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका(९ की ४५ वर्षीय फुलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीले उद्धार गरी घाइतेहरूलाई नारायणी सामुदायिक अस्पताल भरतपुर र सामान्य घाइते भएकाहरूलाई रामपुर पठाएका छन् । घाइते हुनेहरूमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम वि.क., २१ वर्षीय रिता वि.क, २५ वर्षीय कासीराम वि.क., १ वर्षीय आईसा वि.क., १६ वर्षीय अविनास वि.क., १७ वर्षीय विशाल वि.क., ७ वर्षीय पुष्पा वि.क., ४७ वर्षीय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षीय दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीय सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाका १५ वर्षीय रिमा वि.क., रम्भा १ की ३२ वर्षीय सनु सुनार, रम्भा १ का ३८ वर्षीय प्रेम बहादुर सुनार छन् ।

यस्तै, २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय वि.क., ३६ वर्षीय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षीय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षीय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षीय सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षीय अस्मिता सुनार, ४७ वर्षीय ओम बहादुर वि.क., ४५ वर्षीय सेती वि.क. र ४८ वर्षीय शिव कुमारी वि.क. रहेको छन् । चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन् ।

वि.सं.२०७९ कात्तिक १३ आइतवार १०:५१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...