back
CTIZAN AD

स्थानीय बासिन्दा : ‘तटबन्ध निर्माणका लागि ग्यारेण्टी दिने उम्मेदवारलाई भोट’

वि.सं.२०७९ कात्तिक १३ आइतवार

723 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी, चन्दापुर, दुवाहा, एकान्तकुना, शान्तिटोल, जाइजालालगायत बाढी सङ्कटासन्न क्षेत्रका रूपमा परिचित छन् ।

प्रतिवर्ष बाढीले यी क्षेत्रमा निकै ठूलो विनाश निम्त्याउँदै आएको छ । यस वर्षको असोजमा आएको बाढीले निकै ठूलो क्षति पु¥यायो । वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीले बगायो । पुल बगेपछि स्थानीय बासिन्दा पुरानै अवस्थामा फर्किएका छन् । वर्षात्मा जोखिम मोलेर नदी तर्नुपर्ने र हिउँदमा अस्थायी काठको पुल बनाएर नदी तर्ने गरेका छन् ।

यस वर्षको बाढीबाट दुई दर्जन बढी बासिन्दा विस्थापनमा परे । २० बिघा बढी जग्गामा लगाइएको उखु, सखरखण्डी, बदाम (मुमफली), धानलगायतका बालीमा निकै ठूलो क्षति पुग्यो । पाँच बिघा जग्गा नदीले कटान गर्दा बगरमा परिणत भयो । दोदा र वनहरा नदीको बाढीले दर्जनौँ परिवार प्रतिवर्ष प्रभावित हुँदै आए पनि सुनवाइ नहुने गरेको रामबहादुर डगौराले गुनासो गरे ।

“नदीमा बलियो तटबन्ध निर्माण नहुँदा प्रतिवर्ष बाढीको चपेटामा पर्ने गरेका छौँ”, उनले भने, “तटबन्ध निर्माणका लागि गुरुयोजनासहित आउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई यसपटक मतदान गर्छौँ ।”

“नोट पनि चाहिएन, राहत पनि चाहिएन हामीलाई तटबन्ध मात्रै चाहियो” लक्ष्मण रानाले भने, “यसकै ग्यारेण्टी गर्ने उम्मेदवारको खोजीमा छौँ, तटबन्ध निर्माण नगर्ने, गफमात्रै चुट्नेलाई यसपटकको निर्वाचनमा मत हालिँदैन ।”

तिलकी गाउँ छिर्ने सडकमै बाढी प्रभावित परिवारले तटबन्ध निर्माणका लागि प्रतिबद्धता नगर्ने उम्मेदवारलाई प्रवेश निषेधको व्यानर टाँगेका छन । बाढी प्रभावित परिवारले सङ्घर्ष समिति गठन गरेर तटबन्धको माग अघि सारेका छन् ।

“गाउँमा पुल पुलेसा, सडक, खानेपानीलगायतको कुनै विकास चाहिको छैन, बाढीबाट बस्ने बासस्थान, अन्न फल्ने खेत र ज्यान जोगाउनका लागि तटबन्धमात्रै चाहिएको छ”, धुर्का रानाले भने, “यसकै माग गरेका छौँ ।”

विगतका निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग तटबन्धको माग नगरेका होइनौँ, प्रतिबद्धता सबैले गरे, चुनाव नजितेका त बस्तीमा फर्केनन्, जितेर गएकाहरूले पनि तटबन्ध बनाउन चासो देखाएनन्, त्यसैले तटबन्ध बनाउने बाचा गरेर नफर्केका अहिलेको चुनावमा फेरि उम्मेदवार बनेर आएका छन्, त्यस्तालाई सचेत गर्न व्यानर टाँगेर निषेध गरेको सङ्घर्ष समितिमा आवद्धहरूको भनाइ छ ।

स्थानीय बासिन्दाका अनुसार छवटै गाउँमा विसं २०२० मा बस्ती बस्नु सुरु भएको हो । बाढीकै कारण अहिलेसम्म बस्ती छाडेर ९५ परिवार अन्यत्र बसाइँ सरेका छन् । “बाढीबाट वर्षात्का बेला कुन बेला ज्यान जाने हो भन्ने चिन्ता छ, सुरक्षित स्थान भनेकै नजिकको लालझाडी वन क्षेत्र हो”, जयराम रानाले भने, “बस्तीलाई बाढीबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए वन क्षेत्र नै कब्जा गररेर बस्नुको विकल्प छैन, वर्षौँदेखि तटबन्धको माग गर्दै आए पनि बनेको छैन, विकल्प खोज्नु हाम्रा लागि बाध्यता छ ।”

वि.सं.२०७९ कात्तिक १३ आइतवार ११:०५ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...