back
CTIZAN AD

फेरि तीन तहकै लागि शिक्षक सेवाले विज्ञापन खुलाउने

वि.सं.२०७९ कात्तिक १४ सोमवार

867 

shares

काठमाडौं । शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ।

शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ । नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए।

आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो। सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएपछि विज्ञापन प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ। रिक्त दरबन्दीबारे केन्द्रले असोज महिनाभित्रमा पठाइसक्नुपर्ने भए पनि प्राप्त नभएकोले विज्ञापन प्रक्रियामा ढिलाइ भएको आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिए।

केन्द्रले आगामी चैत मसान्तभित्र रिक्त हुने दरबन्दी हिसाब गरेर आयोगमा पठाउनेछ। उक्त दरबन्दी र विगतमा सञ्चालन गरिएको परीक्षामा अनुत्तीर्ण भएका रिक्त दरबन्दीलाई समेत जोडेर विज्ञापन गरिनेछ। आयोगले वार्षिक कार्यतालिकाअनुसार मङ्सिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्न माध्यमिक तहको विज्ञापन गर्नेछ।

आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी परीक्षार्थीको नतिजा सार्वजनिक गरिसकेको छ। अन्तर्वार्ताबाट समेत सफल भएका सबै शिक्षकलाई नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा यसै साताभित्र सिफारिस गरिने आयोगले जनाएको छ। गोरखापत्र दैनिकबाट

वि.सं.२०७९ कात्तिक १४ सोमवार ११:५१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...