काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उक्त घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, प्रदेश खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना लगायतका लगायत विषयहरु उल्लेख गरिएका छन् ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:०६ मा प्रकाशित






























