रुपन्देही । रुपन्देहीमा कारले ठक्कर दिँदा ३५ दिने बालकसहित तीनजनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजेतिर छठघाट जाने क्रममा भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा बालकसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–४ पननीकी २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिने बालकको मृत्यु भएको हो भने बालककी आमा २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
घाईतेद्धयको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिएर फरार भएका कार चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:४० मा प्रकाशित






























