काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८८७ नमुना परीक्षणमा ६ जना संक्रमित थपिएका छन् । सोहि अवधिमा ३६ जना संक्रमण मुक्त भएका छन् ।
त्यसैगरी नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १६:४० मा प्रकाशित






























