back
CTIZAN AD

तिहारपछिकाे पहिलो कारोबार दिनमा सेयर बजारमा उत्साह

वि.सं.२०७९ कात्तिक १४ सोमवार

666 

shares

काठमाडाैं । तिहार तथा छठको बिदा पछि खुलेको सेयर बजार उत्साह देखिएकाे छ । साताको दोस्राे तथा काराेबारकाे पहिलाे दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

साेमबार क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेकाे छ भने ६५ कम्पनीको मूल्य घटेको छ ।

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

डेभल्पमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालाे लागेको छ । जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बिमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य २०.७५ ले वृद्धि भएको छ ।

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एस.वि.आई बैंककाे २२.०० ले बढेको छ । एन.आई.सि.एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढिको कारोबार भएकाे छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १७:१० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...